भुटानमा पुन: लकडाउन

काठमाडौं । भुटानमा कोरोना भाइरसको संक्रमण पुनः देखिएपछि लकडाउन घोषणा गरिएको छ । भुटानका प्रधानमन्त्री लोते शेरिङले आजदेखि लागु हुने गरी एक साताका लागि देशमा लकडाउन लागु गरिएको घोषणा गर्नुभयो । लकडाउनको समयमा भुटानमा एक शहरबाट अर्को शहरको प्रवेशमा पनि रोक लगाइएको छ ।
भुटानको राजधानी थिम्पुमा पाँच जना कोरोना संक्रमित फेला परेपछि लकडाउन घोषणा गरिएको हो । लकडाउनको अवधिमा अनिवार्य रुपमा मास्क लगाउन, एकै ठाउँमा पाँच जना भन्दा बढी भेला हुन पाइने छैन । भुटानमा हालसम्म ४ सय ७९ जना कोरोना संक्रमित फेला परेका छन् भने कसैको पनि कोरानाका कारण मृत्यु भएको छैन । – एजेन्सी