कुखुरालाई जेल !

काठमाडौं । भारतको तेलाङ्गनाको एक जेलमा २५ दिनदेखि थुनिएका दुई कुखुरा रिहाइको प्रतिक्षामा छन् । केही सट्टेबाजका कारण उनीहरूलाई समातेर त्यहाँ राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कुखुराका साथमा पक्राउ परेको सट्टेबाजहरू जमानतमा रिहा भइसकेका छन् । तर, दुई कुखुरा भने अहिलेसम्म जेलमै छन् । उनीहरूलाई प्रहरीले १० जनवरीमा पक्राउ गरेको थियो । संक्रान्ति पर्वको समयमा कुखुरा समात्ने खेल सँगै सट्टेबाजी खेलाइरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको थियो । सोही स्थानबाट प्रहरीले एउटा मोटरसाइकल र दुईवटा कखुरा पनि बरामद गरेको थियो । पक्राउ परेका मानिसहरू जमानतमा निस्किएपछि कुखुरालाई कसैले पनि दाबी गर्न नआएपछि जेलमै रहेका हुन् । कुखुरालाई प्रमाणका लागि थानामा बन्द गरिएको जनाउने प्रहरीले घटनाको अनुसन्धानपछि मात्र छोड्न मिल्ने जानकारी दिएको छ । – एजेन्सी