अक्सिजन आपूर्तिमा अवरोध सिर्जना गर्नेलाई फाँसी !

२०७८ बैशाख १२ गते, आईतवार

काठमाडौं । भारतको हाईकोर्टले अक्सिजन आपूर्तिमा कुनै पनि निकाय तथा व्यक्तिले अवरोध गराए फाँसी दिन आदेश दिएको छ । दिल्लीस्थित हाईकोर्टले एक अस्पतालले दायर गरेको उजुरीमा सुनुवाई गर्दै फाँसी दिने आदेश जारी भएको भारतीय समाचार माध्यमहरुले बताएका छन् ।
न्यायाधीसद्वय जस्टिस विपिन साँघी र जस्टिस रेखा पल्लीको इजलासले अक्सिजन आपूर्तिमा अवरोध गराउनेलाई फाँसी दिने पक्षमा वकालत गरेको बताइएको छ । भारतको महाराजा अग्रसेन अस्पतालले बिरामीको अवस्थालाई मध्यनजर गर्दै चाँडो भन्दा चाँडो अक्सिजन उपलब्ध गरान दिल्लीस्थित हाइकोर्टमा निवेदन दिएको थियो ।
अदालतले दिल्ली सरकार, केन्द्र सरकार र स्थानीय सरकारलाई पनि अक्सिजन वितरण तथा उपलब्ध गराउने कार्यमा अवरोध गर्नेहरुको पहिचान गर्न र निगरानी गर्न भनेको छ ।
त्यस्तैगरी यसअघि अवरोध सृजना गर्नेहरुलाई फाँसी दिने जनाएको छ । भारतमा कोरोना महामारी अत्याधिक बढ्दै जाँदा अक्सिजनको अभावका कारण धेरैले ज्यान गुमाइरहेका छन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]