भारतमा ‘ब्ल्याक फङ्गस’ काे संक्रमण तीव्र

२०७८ जेष्ठ १० गते, सोमबार


काठमाडाैँ । काेराेना महामारीकाे चपेटामा रहेकाे भारतमा ‘ब्ल्याक फङ्गस’ काे संक्रमण तीव्र भएको छ । त्यहाँका २९ राज्यमा याे राेगकाे प्रकाेप देखिएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म याे राेग ८ हजार ८ सय जनाभन्दा धेरैमा देखिएको छ । प्रायः दुर्लभ मानिने यो रोग अहिले प्रकोपका रूपमा फैलिरहेकोले ती राज्यहरूलाइ प्रकाेपयुक्त घाेषणा गरेर नियन्त्रणमा जुट्न निर्देशन दिइएकाे छ । खासगरी काेराेना संक्रमण भएकाहरूमा याे राेग देखिने गरेकाे छ । कोरोना निको भएको १२ देखि १८ दिनमा यसको सङ्क्रमण हुन सक्ने अनुमान गरिएको छ । यो रोग लागेपछि सङ्क्रमितलाई जोगाउन शल्यक्रिया गरेर आँखा फाल्नुपर्ने अवस्था पनि आउने गरेको डाक्टरले बताएका छन् ।
बिबिसी हिन्दीका अनुसार कोभिड उपचारका क्रममा प्रयोग गरिने स्टेरोइड औषधिको प्रयोगका कारण ब्ल्याक फङ्गस देखा परेको हुनसक्ने चिकित्सकहरूकाे भनाइ छ । तर यसकाे यकीन कारण पत्ता लाग्न सकेकाे छैन । मधुमेह भएका बिरामीमा पनि यसको सङ्क्रमण धेरै हुने जोखिम रहेकाे चिकित्सकहरू बताउँछन् ।
हाल भारतका गुजरात र महाराष्ट्र राज्यमा यो रोगका बिरामी धेरै भेटिएकाे बताइएकाे छ । अन्य १५ वटा राज्यमा पनि यसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि भारतका २९ वटा राज्यमा प्रकोप घोषणा गर्न भनिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]