७० वटा बाघको शिकार गरेको आरोपमा पक्राउ !

२०७८ जेष्ठ १९ गते, बुधबार

काठमाडौँ । बंगलादेशी प्रहरीले टाइगर हबिब उपनामले चिनिने हाबिब तालुकदेरलाई ७० वटा बाघको शिकार गरेको आरोपमा पक्राउ गरेको छ । स्थानीय प्रहरीका अनुसार उनले पछिल्लो २० वर्षभन्दा लामो समयदेखि अनाधिकृतरुपमा बाघको शिकार गर्दै आएका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाइएअनुसार उनी बंगलादेशको घना जंगल सुन्दरवन म्यानग्रोभ जंगल नजिकै बस्दै आएका थिए । भारत–बंगलादेशको सीमामा पर्ने म्यानग्रोभ जंगल विश्वको सबैभन्दा धेरै ‘बंगाली टाइगर’ पाइने क्षेत्र हो । अधिकारीहरुले अनुगमन गर्दा तालुकदेर उक्त क्षेत्रबाट भाग्ने गर्थे । ५० वर्षीय आरोपीलाई अहिले अदालतमा चलिरहेको मुद्दाको सिलसिलामा थुनामा पठाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]