विभिन्न पार्टीका नेता प्रवासी नेपाली जनसमाज भारतमा प्रवेश

२०७८ श्रावण २५ गते, सोमबार


काठमाडौँ । प्रवासी नेपाली जनसमाज भारतमा माओवादी केन्द्र कैलाली जिल्ला सदस्य तथा मोहन्याल गाउँकमिटी सचिव सुरेश क्षेत्री माओवादी केन्द्र परित्याग गरि र धनबहादुर शाही, पदम रावल, डम्बर धानुक, करण निमाली कमल थापा सबिना चौधरी, विमला डाँगी प्रवेश गरेका छन् । प्रवासी नेपाली जनसमाज भारत कर्नाटका राज्य समिति केआर पुरम नगर समितिको संयुक्त एरिया भेला तथा सङ्गठन प्रवेश कार्यक्रम सम्पन्न भएको हो । प्रवासी नेपाली जनसमाज भारतका केन्द्रीय सदस्य तथा नगर अध्यक्ष देबेन्द्र रावलले नयाँ प्रवेशीहरूलाई टीकाकरण तथा सदस्यता दिँदै नेपालको दलाल भ्रष्ट संसदीय व्यवस्थाले गर्दा नेपालीहरू प्रवासीनुको पीडा भोग्नु परेको बताए । उनले जबसम्म राज्य सत्ताले गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी स्वदेशमै गर्दैन तबसम्म नेपालीले प्रवासी जीवन जिउनु पर्ने बताए । उनले भ्रष्ट दलाल राज्य सत्ताको विकल्पमा जनवादी राज्य सत्ता अर्थात् वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिको कार्यदिशालाई आत्मसाथ गर्दै नेपाली जनतालाई भ्रष्ट दलाल राज्यसत्ता वा वैज्ञानिक समाजवाद रोज्न दिन जनमतसङ्ग्रह गर्नुपर्ने बताए ।
रावलले यदि भ्रष्ट दलाल राज्य सत्ताले गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी स्वदेशमै गर्दैन भने प्रवासी नेपालीहरू एकजुट भएर भ्रष्ट दलाल राज्य सत्ताको अखडाविरुद्ध धावा बोल्न जस्तोसुकै मूल्य चुकाउनु परे पनि पछि नपर्ने र वैज्ञानिक समाजवाद ल्याएरै छाड्ने धारणा व्यक्त गरे । साथै उनले सम्पूर्ण नयाँ प्रवेशीहरूलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा प्रवासमा निस्वार्थ रुपमा प्रवासी श्रमिक वर्गको पक्षमा काम गर्न निर्देश गरे ।
उक्त कार्यक्रममा नगर सचिव केनिज बराल र आयप्पा नगर एरिया कोषाध्यक्ष मणीराम बिष्ट, अल्फा गर्डेन अध्यक्ष तिलक कार्की, सचिव सुशील, करण निमाईलीको उपस्थिति रहेको बताइएको छ । अध्यक्ष सागर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन आयप्पा नगर अध्यक्ष देबेन्द्र बटालाले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]