जनप्रगतिशील मोर्चा जापानको अध्यक्षमा निरञ्जन गैरे

काठमाडौँ । नेपाली जनप्रगतिशील मोर्चा जापानको तेस्रो सम्मेलन “प्रवासमा हुने सबैखाले शोषण दमन र दलालीको भण्डाफोर गरौँ ! नेपाली जनप्रगतिशील मोर्चा जापानको तेर्सो अधिवेशन सफल पारौँ !!” भन्ने नारासहित सम्पन्न भएको छ । सो सम्मेलनले अध्यक्ष निरञ्जन गैरे, बरिष्ठ उपाध्यक्ष सरु अधिकारी, उपाध्यक्ष आकाश वली, निरञ्जन भट्टराई, महासचिव कृष्ण शाही, सचिव अनिल पन्त, कोषाध्यक्ष टोप घर्तिमगर, सदस्यहरूमा प्रकाश बिक, भिम न्यौपाने, सुदर्शन नेपाल, अवि गजमेर, गणेश केसी, सागर भारती, ठकेन्द्र वली, सन्तोष चन्द, सबिना वली, नबिन न्यौपाने, केशब रेश्मी, हेमन्त रेश्मी, इन्द्र बस्नेत र आकाश पुनलाई निर्वाचित गरेको छ । साथै सल्लाहकार र प्रवक्ता पहिलो बैठकले चयन गर्ने जनाइएको छ ।
आयोजक समितिका संयोजक दुर्गा खड्काको अध्यक्षता, नेकपाका महासचिव विप्लवको प्रमुख आतिथ्यता र बिदेश बिभाग प्रमुख कञ्चनको उपस्थितिमा जापानको टोकियोमा सम्पन्न भएको हो ।
भर्चुयलबाट भएको उक्त सम्मेलनको उद्घाटन सत्रमा पार्टी महासचिव विप्लव, प्रबास बिभाग प्रमुख कञ्चन, पार्टी संबद्ध नेपाली जनप्रगतिशील मोर्चा युरोप, कतार, मध्य पुर्व, पुर्वी एशिया, बहराईन, साउदी, मलेशिया, यूएई, ओमान, हङकङ र पोर्चुगलका संयोजकहरूले शुभकामना दिएका थिए ।