चीनद्वारा नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने चाहना ब्यक्त

२०७८ आश्विन १२ गते, मंगलवार

काठमाडौं । चीनले नेपालसँगको सम्बन्धलाई प्रगतिको नवीन मार्गमा अघि बढाउन चाहेको बताएको छ । राज्य परिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज बधाई सन्देश पठाएर दुई देशबीचको सम्बन्ध नयाँ ढङ्गले प्रवर्द्न गर्न चाहेको बताएका हुन् । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले आफ्ना विदेशमन्त्रीले परराष्ट्रमन्त्री खड्कालाई बधाई सन्देश पठाएको तथा चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन उहाँसँग सहकार्य गर्न आफू इच्छुक रहेको सन्देशमा उल्लेख गरेको सामाजिक सञ्जालमा लेखेकी छन्।
सामाजिक सञ्जाल ट्विटरमा राजदूत हउले लेखेकी छन्, “आज चीनका राज्य परिषद् सदस्य तथा विदेशमन्त्री श्री याङ यीले नेपालका नयाँ विदेशमन्त्री माननीय डा नारायण खड्कालाई बधाई सन्देश पठाउँदै चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफ्ना समकक्षीसँग उहाँले सँगसँगै काम गर्ने तत्परता व्यक्त गर्नुभएको छ ।”

प्रतिक्रियाहरु

[anycomment]