म्यानमारमा बिद्यार्थी आन्दोलनका अभियन्ता जिमी पक्राउ

काठमाडौं । म्यानमारमा बिद्यार्थी आन्दोलनका क्रममा चर्चामा रहेका अभियन्ता को जिमी पक्राउ परेका छन् । म्यानमारमा सन् १९८८ देखि चर्चामा रहेका उनी पछिल्लो समय सेना बिरोधी आन्दोलन चर्काएको आरोपमा पक्राउ परेका हुन् । म्यानमारको उत्तरी दागोनबाट उनलाई सेनाले घेरा हाली पक्राउ गरेको हो । उनी बसेका ठाउँमा सेनाले घेरा हालेपछी पछाडीको भागबाट भाग्न खोज्दा सेनाले ज्यादती गरि नियन्त्रणमा लिएको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ । बिद्यार्थी आन्दोलनका क्रममा उनी सन् २००७ देखि सन् २०१२ सम्म जेल जीवन बिताएका अभियन्ता हुन् । पछिल्लो समय उनले म्यानमारमा सैनिक बिरुद्ध आन्दोलन चर्काउन बिभिन्न योजनाहरु बनाएको आरोप सेनाले लगाएको छ । -एजेन्सी