चीनले तियानानमेन स्क्वायर नरसंहारको झल्को दिने मूर्ति हटायो

काठमाडौं । चीनको बेइजिङस्थित तियानानमेन स्क्वायरमा रहेको एउटा स्मारक मूर्ति हटाइएको छ । त्यहाँ भएको नरसंहारको सम्झनामा एक मूर्तिकारले युनिभर्सिटी अफ हङकङको परिसरमा उक्त मूर्ति स्थापना गरेका थिए । डेनमार्कका मूर्तिकारले बनाएको सो प्रतिमा विगत २४ वर्षदेखि उक्त विश्वविद्यालयमा राखिएको थियो । मूर्ति करिब ८ फिट अग्लो थियो र तामाबाट बनेको थियो । तर विश्वविद्यालयको निर्देशनमा उक्त मूर्ति हटाइएको हो । ‘द पीलर अफ सेम’ नामले चिनिने उक्त मूर्तिमा सन् १९८९ मा चिनियाँ अधिकारीहरूले हत्या गरेका प्रजातन्त्र पक्षधर समर्थकहरूको सम्झनामा लासको थुप्रोजस्तो देखाइएको थियो । त्यस क्रममा चिनियाँ सुरक्षा फौजले सयौँ प्रदर्शनकारीहरूको हत्या गरेका थिए । उक्त मूर्ति विश्वविद्यालयले गत अक्टोबर महिनामा नै हटाउन निर्देशन दिएको थियो । बुधबार मात्र कामदारहरु खटाएर उक्त प्रतिमा हटाइएको हो ।
बुधवार उक्त मूर्ति हटाउने निर्णय गरेलगत्तै कामदारहरु राखेर मूर्ति हटाइएको युनिभर्सिटी अफ हङकङले जनाएको छ। उसले भनेको छ, ‘विश्वविद्यालयको सर्वोत्तम हितको लागि पुरानो मूर्तिबारे निर्णय बाहिरी कानुनी सल्लाह र जोखिम मूल्याङ्कनमा आधारित थियो ।’ उक्त मूर्ति रहेको क्षेत्रलाई प्लास्टिकले बारेर गोप्य रुपमै मूर्ति हटाइएको छ । तर सञ्चारकर्मीहरूलाई समेत उक्त स्थानसम्म पुग्न र फोटो खिच्न दिइएन । विश्वविद्यालयले उक्त मूर्ति अब आफ्नो गोदाममा थन्क्याउने जनाएको छ । -एजेन्सी