१० मन्त्रीलाई कोरोना संक्रमण !

२०७८ पुष १८ गते, आईतवार

एजेन्सी । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारका अनुसार महाराष्ट्र प्रदेशका १० मन्त्रीसहित २० प्रदेश सांसदहरुलाई कोरोना संक्रमित भएको छ । कोरोना भाइरसको महामारी तीव्ररूपमा फैलिएकाले आम नागरिकस्तर बाट पनि उच्च सतर्कता अपनाउनुपर्नेमा पावारको जोड छ । भारतमा सरकारले लागु गरेका नियमहरूको पालना नगर्दा र हेलचेक्रयाई गरेकाले महामारी बढी फैलिइएको भन्दै उनले भारतीय जनतालाई अपील समेत गरेका छन ।
महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने नयाँ उपायका बारेमा छलफल गर्न सरोकारवाला तथा विज्ञको बैठक बोलाइएको पावारको भनाइ छ। भारतको महाराष्ट्र प्रदेश कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । अहिले ओमिक्रोनका सक्रमत पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएका छन् ।
यसैबीच भारतमा एकैदिन २३ हजार नयाँ संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७ सय ७५ नयाँ संक्रमित थपिएका हुन् । सोही अवधिमा कोरोनाका कारण ४ सय ६ जनाकोे मृत्यु भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ संक्रमित मध्ये १ हजार ४ सय ३१ जनालाई ओमिक्रोन पुष्टी भएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]