श्रीलंकाद्वारा इन्धन आपूर्ति गर्न रकम अभाव भएको घोषणा

काठमाडौं । श्रीलंकामा बेलाविदेशी मुद्राको सञ्चिती शून्य भएपछि इन्धन खरिद गर्न नसक्ने अवस्थामा पुगेकोछ । श्रीलंका सरकारले इन्धन आपूर्ति गर्न रकम अभाव भएको घोषणा गरेको छ । श्रीलंका केही समय यता आर्थिक मन्दीमा फस्दै आएको छ । श्रीलंकाका उर्जामन्त्री उदय गम्मनपिलाले दुई पटक इन्धन आईपुगे पनि त्यसको ढुवानीको रकम भुक्तानी दिने पैसा समेत नभएको बताए । गत साता त्यहाँको सरकारी रिफाइनरी सिलोन पेट्रोलियम कर्पोरेसनले इन्धन आपूर्तिका लागि रकम नभएको बताएको थियो । सो संस्थाको २०२१ मा मात्रै साढे २१ करोड डलर ऋणमा रहेकोछ । यो संकट समाधानका लागि तेलको भन्सार दर कटौती गर्ने वा चर्को मूल्य वृद्धि गर्नुभन्दा अर्को विकल्प नरहेको बताइएको छ ।
गत महिना भारतले श्रीलंकालाई ९० करोड डलर उपलब्ध गराएको थियो भने ४० हजार मेट्रिक टन तेल पनि दिएको थियो । आर्थिक मन्दीको असर अरु क्षेत्रमा पनि पर्नथालेको छ । खानेकुरासहित अन्य अत्यावश्यक वस्तुहरुको पनि अभाव चुलिन थालेको छ भने मुद्रास्फिति दर २५ प्रतिशत माथि पुगिसकेको छ ।