प्रवासी नेपाली जनसमाजद्वारा एमसीसीविरुद्ध प्रदर्शन

२०७८ फाल्गुन १७ गते, मंगलवार


काठमाडौँ । प्रवासी नेपाली जनसमाज भारतले राष्ट्रघाती एमसीसी संसदबाट अनुमाेदन गरेको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजनालाई खारेज गराउन र देशको स्वाधीनताकाे रक्षा गर्नका लागि सबै आवाज बुलन्द गर्नुका साथै संघर्ष अगाडि बढाउन सम्पूर्ण देशभक्त, प्रगतिशील वामपन्थी, क्रान्तिकारी पार्टी र आम जनसमुदायमा हार्दिक अपिल गर्दै समाजले विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेको हो ।
यसैबीच, प्रवासी नेपाली जनसमाज भारतले संसदवादी राजनीतिक पार्टीहरूले अमेरिकी साम्राज्यवादकाे नाङ्गो दलाली गरि एमसीसी परियोजना संसदबाट अनुमाेदन गरेकोमा घाेर विरोध र तिव्र भत्र्सना गरेको छ । प्रवासी नेपाली जनसमाज भारत केन्द्रीय समितिका अध्यक्ष आजाद सेन थापाले प्रेस विज्ञप्ति जारी गरि देशको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा मडारिरहेकाे वर्तमान स्थितिमा गरेका छन् ।
थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, `यो बेला देशभक्तहरु टुक्राटुक्रा पार्टीभित्र सानाे सानाे गुटमा रमाउने होइन । व्यक्तिगत स्वार्थबाट मुक्त भइ राष्ट्रिय झण्डामा आवद्ध भइ दलालहरुका विरुद्ध राष्ट्रिय प्रतिरोध संघर्षमा सहभागी हुने बेला हो । देशभक्तहरु एक हाैँ दलाल संसदीय व्यवस्थाकाे विरुद्ध संघर्ष गराैँ । राष्ट्रघाती लेन्डुपेहरुलाई सामाजिक बहिस्कार गराैँ र जहाँ भेट्याे त्यही जनकारबाही गराैँ । ´

प्रतिक्रियाहरु

[anycomment]