अमेरिकाद्वारा अनाधिकृत रुपमा बसेका दश नेपालीलाई नेपाल डिपोर्ट

२०७८ चैत्र २९ गते, मंगलवार

काठमाडौं । अमेरिकी अध्यागमन विभागले अनाधिकृत रुपमा बसिरहेका १० नेपालीलाई नेपाल डिपोर्ट गरिएको छ । अमेरिकाले विमान चार्टर गरी नेपाल डिपोर्ट गरेको हो । विभागले उनीहरुलाई केही दिनअघि गल्फ स्ट्रीम जहाजको भीएन ७४०एसएसले नेपाल ल्याएर छाडेको थियो । राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुब कुमार र शंकर विष्ट मगर, छिरिङ, शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउले र बिराज केसीलाई नेपाल डिपोर्ट गरेको अध्यागमन विभाग स्रोतले जनाएको छ ।
विभागले गैर कानुनी ढंगले अमेरिका प्रवेश गरेको र राहदानी विना अमेरिका बसिरहेका उनीहरलाई डिपोर्ट गरेको हो । वासिङ्टन डिसीस्थित नेपाली दूतावासले उनीहरुको ट्राभल डकुमेन्ट बनाइदिएपछि उनीहरु नेपाल आउन पाएका थिए । नेपाल आएपछि उनीहरुलाई प्रहरीको मानव बेचविखन अनुन्धान ब्युरोले निगरानीमा राखेको स्रोतले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]