पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३० रुपैयाँ बढाउने निर्णय !

काठमाडौं । पाकिस्तान सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ३० पाकिस्तानी रुपैयाँ बढाउने निर्णय गरेको छ । सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको हो । लामो समयदेखि कंगाल हुने अवस्थामा पुगेको पाकिस्तानमा एकैपटक यसरी मूल्य बढाइएको हो । पाकिस्तानमा अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहीबार संघीय सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ३० रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको जानकारी दिए ।
नेपाली समयानुसार आज राति १२ः४५ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि गरिएको छ । राजधानी इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले उक्त घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) कार्यक्रमको पुनरुत्थान सुनिश्चित गर्न यो निर्णय गरिएको बताए ।
मुख्यतया इन्धन र बिजुली अनुदानमा पहिलेको अनिर्णय र अर्को वर्षको बजेट अनिश्चितताका कारण सरकार र आईएमएफले आर्थिक बेलआउटमा सम्झौता गर्न असफल भएको एक दिनपछि मूल्य वृद्धि भएको हो । नयाँ मूल्यसूची (पाकिस्तानी रुपैयाँ) यस्तो रहेको छ-
पेट्रोल–रु १७९.८६
डिजेल–रु १७४.१५
मट्टितेल तेल–रु १५५.५६
लाइट डिजेल–रु १४८.३१