बलात्कारका आरोपीलाई जिउँदै जलाइयो !

२०७९ जेष्ठ २७ गते, शुक्रबार


काठमाडौं । भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको छ । घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन् । जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन् । मृत्‍यु हुनेमा सुनील उराव रहेका छन् भने घाइते हुनेमा आशिष उराव रहेका छन् । गम्भीर घाइते आशिषको अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि गाउँ तनावग्रस्त बनेको छ भने गाउँमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले बिहीबार बिहान गाउँका अधिकांशलाई सोधपुछ गरेको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]