रंगशालाको दर्शकदीर्घा भत्किँदा ४ जनाको मृत्यु !

२०७९ असार १३ गते, सोमबार


काठमाडौं । कोलम्बियाको एल एस्पिनल रंगशालाको दर्शकदीर्घा भत्किदा चार जनाको मृत्यु भएको छ । साँढे जुधाई प्रतियोगिता हेर्न रंगशालमा भेला भएका दर्शक बस्ने कक्ष भत्किंदा दुई महिला, एक पुरुष र एक बालकको मृत्यु भएको हो । उनीहरुको मृत्यु भएको हो । घटनामा तीस जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
रंगशालामा प्रतियोगिता चलिरहदा काठको तीन तले दर्शकदीर्घा भत्केको प्रहरीले जनाएको छ । सोही प्रतियोगितामा सहभागी एक गोरु रंगशालाबाट भागेर शहर पस्दा भाडदौड समेत मच्चिएको थियो ।
राष्ट्रपति गुस्ताभो पेट्रोले असुरक्षित प्रतियोगितामाथि प्रतिबन्ध लगाउनुपर्ने प्रतिक्रिया दिएका छन् । कोलम्बियामा वर्षेनी आयोजना हुने गरेको सान पेड्रो फेस्टिबलमा साँढेले हानेर कयौंको मृत्यु हुने गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु