श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदै

काठमाडौं । श्रीलंकामा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । गत साता राष्ट्रपति गोताबाया राजपाक्षे देश छाडेर भागेपछि खाली भएको राष्ट्रपति पदका लागि बुधबार श्रीलंकाको संसदमा मतदान हुने भएकाे हाे । कार्यबाहक राष्ट्रपति एवं प्रधानमन्त्री रनिल विक्रमासिंगे र सत्तारूढ दलकै विद्रोही सांसद डुलास अलाहपेरूमाबीच राष्ट्रपति पदका लागि प्रतिष्पर्धा हुने भएको छ । अलाहपेरूपमालाई विपक्षी दलहरूले समर्थन गरेका छन् । त्यस्तै वामपन्थी पार्टीहरूले अनुरा कुमार दिशानायकेलाई राष्ट्रपतिको उम्मेदवार बनाएका छन् । बुधबार हुने मतदानमा श्रीलंकाली संसदका २ सय २५ सदस्यहरूको बहुमत मत प्राप्त गर्नुपर्ने छ । बुधबार निर्वाचित हुने राष्ट्रपतिले सन् २०२४ को नोभेम्बरसम्म बाँकी रहेको राष्ट्रपतिय कार्यकालसम्म शासन गर्न पाउने छन्।