तिरुवा विकास प्रतिष्ठान कतारको अध्यक्षमा भिमराज तिरुवा

काठमाडौं । नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठान कतारको अध्यक्षमा भिमराज तिरुवा चयन भएका छन । उक्त भेलाको प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठान केन्द्रीय अध्यक्ष सहवीर वि.के.तिरुवा रहेको बताइएको छ ।
यस बिषयमा नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठान कतारले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठान ,विदेश विभाग अन्तर्गत प्रतिष्ठान को राजधानी दोहा, ग्रिनमलमा यहि मिति २०७९ श्रावण ६ गते शुक्रवार ( २२ जुलाई २०२२ ) का दिन श्री भिम राज तिरुवाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ।

रोजगारकालागि कतारमा रहेका तिरुवा बन्धुहरु,इष्टमित्र र अन्य नेपाली श्रमिकहरुको बिच राष्ट्रियता ,भाइचारा ,आपसी सहयोग र समन्वय गर्ने र गराउने उद्देश्यले अभिप्रेरित यो समिति नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठानको विधान २०७४ र यस अन्तर्गत बनेका नियम, निर्देशिका , आचारसंहिता , योजना र निर्देशनको पूर्णपालना ,स्वीकार र कार्यान्वयन गर्ने ,गराउने प्रतिवद्धता जनाउदछौँ ।
ऐतिहासिक र महत्वपूर्ण यो भेला कतारको समय अनुसार राति ९:०० बजे र नेपालको समय अनुसार बिहानको १:०० देखि सुरु भई नेपालको समय अनुसार बिहान ४:५० बजे कार्यक्रम सम्पन्न भएको थियो । उक्त भेलाको प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्रिय तिरुवा विकास प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाण्डौबाट अध्यक्ष श्री सहवीर वि.के.तिरुवा ज्यूले राती ३:०० बजे फोनबाट सम्बोधन गर्नुभएको थियो । रातको यो समयमा पनि हामीलाई हौसला प्रदान गरि कार्यक्रम सफलताका साथ सम्पन्न गर्ने महत्वपूर्ण भूमिका खेल्नुहुने केन्द्रीय अध्यक्ष श्री सहवीर वि.के. तिरुवा ज्यूलाई नवगठित कतार समितिको तर्फबाट हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दछौं । साथै कतारका सम्पूर्ण तिरुवा दाजुभाइहरु,इष्टमित्र र शुभचिन्तक लगाएत अन्य सवैलाई पनि विशेष धन्यवाद ब्यक्त गर्दछौ ।
नवगठित समितिको विवरण:
क्र.सं. नाम,थर पद स्थायी ठेगाना (हालको ठेगाना)
१ श्री भिमराज तिरुवा अध्यक्ष धरान, सुनसरी दोहा कतार
२ श्री दिनेश तिरुवा उपाध्यक्ष सुर्खेत दोहा कतार
३ श्री सागर कुमार तिरुवा सचिव दैलेख दोहा कतार
४ श्री ददिमल तिरुवा कोषाध्यक्ष सुर्खेत दोहा कतार
५ श्री प्रदिप तिरुवा सहकोषाध्यक्ष उदयपुर दोहा कतार
६ श्री राम बहादुर तिरुवा सदस्य जाजरकोट दोहा कतार
७ श्री झुपे बहादुर तिरुवा सदस्य जाजरकोट दोहा कतार
८ श्री राम बहादुर तिरुवा सदस्य जुम्ला दोहा कतार
९ श्री प्रेम बहादुर तिरुवा सदस्य सुर्खेत दोहा कतार
१० श्री नरसिङ्ग तिरुवा सदस्य सुर्खेत दोहा कतार
११ श्री विशाल तिरुवा सदस्य दैलेख दोहा कतार ‘
