चीनमा विश्वकै सबैभन्दा ठूलो बंगुर फार्म

२०७९ कार्तिक ८ गते, मंगलवार


काठमाडौं । चीनमा झण्डै ८० अर्ब रुपैयाँ खर्चेर बंगुरको खोर बनाइएको छ । खोर भनेपनि उक्त भवन भव्य होटलभन्दा कम नभएको बताइन्छ । २६ तलाको उक्त भवनलाई बंगुर होटलको नामले समेत चिन्न थालिएको छ । चीनको हुपेई प्रान्तको इचौमा निर्माणाधीन उक्त भवन सम्भवतः विश्वकै सबैभन्दा ठूलो बंगुर फार्म भएको प्राप्त समाचारमा जनाइएको छ । ४ लाख बर्गमीटर क्षेत्रफलका दुई वटा भवनमा बंगुर पालनको तयारी गरिएको छ । उक्त परियोजना हुपेई चोङ्सिन काइवेइ मोडर्न एनिमल हस्बेण्डरी कम्पनीले सञ्चालनमा ल्याएको छ । कम्पनीको अन्य लगानीकर्तामध्ये स्थानीय एक सिमेन्ट कम्पनी हो । सिमेन्ट कारखानाबाट उत्पादित तातो हावालाई बंगुर होटलमा प्रयोग गरिएको छ ।
बंगुर भवनको निर्माणले श्रमलागत कम गरेको छ भने हरियाली र पर्यावरणमा राम्रो नतिजा प्राप्त भएको बताइन्छ । भवनको पूर्ण उपयोगपछि वार्षिक १२ लाख बंगुर मासुको लागि उपयोग हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]