चीनमा कोरोनासँग सम्बन्धित प्रतिबन्ध खुकुलो !

२०७९ पुष १३ गते, बुधबार

काठमाडौं । चीनमा कोरोनासँग सम्बन्धित प्रतिबन्ध खुकुलो भएसँगै मानिसहरु विदेश जान प्रतिस्पर्धा गर्न थालेका छन् । चीनले अर्को महिनादेखि आफ्नो सीमाना खोल्ने भएको छ । यो घोषणापछि चीनका जनताले विदेश जाने टिकट बुकिङ र राहदानी बनाउन थालेका छन् ।
अध्यागमन अधिकारीहरूले अन्तर्राष्ट्रिय यात्रा गर्न चाहने चिनियाँ नागरिकको राहदानी आवेदन जनवरी ८ देखि पुनः स्वीकार गरिने घोषणा गरेका थिए। चीनमा तीन वर्षसम्म कडा कोरोना प्रतिबन्ध लगाएपछि अब नियमहरु खुकुलो बनाइएको छ । त्यसपछि ट्राभल साइटहरूको ट्राफिक धेरै बढेको छ। तर, केही देशले चीनबाट आउने यात्रुका लागि ट्राभल नियम कडा बनाएकाले चिनियाँ नागरिकलाई विदेश यात्रा गर्न सहज हुने छैन ।
अमेरिकाका अधिकारीहरूले चीनबाट आउने यात्रुहरूमा नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेका छन्। चीनमा बढ्दो कोरोना संक्रमित र सरकारको पारदर्शिताको अभावका कारण यी प्रतिबन्धहरु लगाइएको हो । चीनबाट आउने यात्रुले कोरोनाको रिपोर्ट नेगेटिभ देखाउनुपर्ने वा सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने पनि जापानले जनाएको छ । त्यस्तै भारतले पनि चीनबाट आउने यात्रुलाई नेगेटिभ रिपोर्ट देखाउन अनिवार्य गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]