गायक सोनू निगममाथि कुटपिट !

२०७९ फाल्गुन ९ गते, मंगलवार

काठमाडौँ । भारतीय सञ्चार माध्यमका अनुसार सोमबार राति सोनू मुम्बईको चेम्बुर क्षेत्रमा लाइभ कन्सर्ट गरिरहेका भारतीय चर्चित गायक सोनू निगममाथि कुटपिट भएको छ । शिवसेना (यूबीटी) को सदस्यहरूले सोनूलाई कुटपिट गरेका हुन् । जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियो क्लिपमा सोनू र उनका साथीहरू स्टेजबाट बाहिर निस्कने क्रममा कुटपिट भएको छ । आक्रमण भएपछि सोनूले राति नै प्रहरी चौकी पुगेर आरोपितविरुद्ध एफआईआर (उजुरी) दर्ता गरिसकेका छन् । प्रहरीका अनुसार लाइभ कन्सर्टमा सोनूसँग सेल्फी खिच्ने क्रममा झगडा भएको हो । सो झडपमा सोनूका एक सहकर्मी पनि घाइते भएका छन् । उक्त घटना भारतीय समय अनुसार राति करिब ११ बजेको हो । केही व्यक्तिहरूले सोनूलाई सेल्फीको लागि अनुरोध गर्दा उनका सहकर्मीहरूले रोक्न खोजेपछि विवाद बढेर झगडा भएको समाचारमा उल्लेख गरिएको छ ।
सोनूले धेरै गायन रियालिटी शोहरूमा होस्ट र जजको रुपमा पनि काम गरेका छन् । साथै उनले उत्कृष्ट गायनका लागि धेरै अवार्ड पनि पाएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]