चीनका राष्ट्रपति सी रूस भ्रमणमा जाँदै

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ रूस भ्रमणमा जाँदै छन् । उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म रुसको राजकीय भ्रमणमा रहने तय भएकाे छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले शुक्रबार यस बारे जानकारी दिएका हुन् ।