नेपाली युवतीको मूल्य ६ हजार डलर !

काठमाडौं । इराकमा नेपाली महिलाको व्यवस्थित खरिदबिक्री हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । रोजगारीका लागि इराक जान सरकारले रोक लगाएको छ । तर नेपाली दलालहरुले नेपाली महिलालाई इराक पुर्याउँछन् र प्रति महिला ६ हजार डलर लिएर अर्को एजेन्टलाई बिक्री गरिदिन्छन् । नेपाली चेली किनेपछि ती एजेन्टले विभिन्न ठाउँमा काममा पठाउँछन् । त्यस्ता कार्य स्थलमा चेलीहरुसँग पशुवत व्यवहार हुन्छ । कुटपिटको सिकार हुन्छन् । बिरामी हुँदा उपचार पाउँदैनन् । नेपाल फर्किन्छु भन्दा फर्किन पाउँदैनन् ।
एजेन्टसँग कुरा गर्दा उनले भन्छन् – छ हजारमा किनेको हुँ, फिर्ता चाहिए त्यो पैसा दिनू। ’ यो विषय तथ्यसहित न्यूज २४ ले रिपोर्ट प्रस्तुत गरेको छ । स्थिति यहाँसम्म पुग्दा पनि यो देशको सरकारलाई आफ्ना नागरिकको कुनै चिन्ता चाहिँ छैन ।
नेपाली चेलीहरुलाई इराकमा लगेर पशु सरह बेच्ने गिरोह सक्रिय रहेको पाइएको छ । सरकारले रोजगारीका लागि इराकमा जान रोक लगाएको छ । तर मानव तस्करहरुले नेपालीहरुलाई समेत इराक पुर्याउने गर्दै आएका छन् ।