माल्टामा ‘नेपाल डे’ मनाइने
काठमाडौँ । माल्टाको राजधानी भ्यालेटामा नेपाली नयाँ बर्ष २०८० सालको अबसर पारेर अप्रिल १६ तारिकका दिन ‘नेपाल डे’ मनाइने भएको छ । नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपालमा पर्यटन प्रवर्धन गर्ने ऊद्देश्यले सो कायक्रम गर्न लागेको बताइएको छ । नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारीले नेपाल चिनाऊन र नेपालमा पर्यटक भित्र्याउने ऊद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गर्न लागेकाे बताए।
संयोजक भण्डारीले नेपाल बहु जाति, बहु धार्मिक,बहु सास्कृतिक अनि बिबिध भाषा , भेष भुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै भएको दाबी गर्दै समस्त माल्टा बासि नेपालीहरुलाई देशलाइ बिश्व सामु चिनाउन र देश विकासको लागी एउटा इट्टा थप्न, पर्यटन ब्यबसायलाइ फस्टाउन नेपाल डेलाई सफल र भब्य बनाउन आग्रह समेत गरे।
रोजगारीको शिलशिलामा कर्मभुमि माल्टामा रहदै गर्दा पनि आफ्नो मातृभूमिलाइ चिनाउनको लागि नेपालि नया बर्ष २०८० सालको अबसर पारेर अप्रिल १६ तारिकका दिन माल्टाको राजधानी भ्यालेटामा नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले सांस्कृतिक कार्यक्रमका साथ नेपाल डे आयोजना गरिनेछ। उक्त कार्यक्रमलाइ नेपाली राजदुतावास लन्डन/स्पेन र प्रचार प्रसार सामग्री उपलब्ध गराइ सहयोग गर्ने नेपाल पर्यटन बोर्ड एबं कोस्टा क्लिन फाउन्डेसन माल्टाले सहयाेग गरेका छन्।