अभिनेत्री उत्तरा बावकरको निधन

२०७९ चैत्र ३० गते, बिहीबार


काठमाडौँ । भारतकी चर्चित अभिनेत्री तथा रंगकर्मी उत्तरा बावकरकाे ७९ वर्षको उमेरमा निधन भएको छ । उत्तराको बुधबार निधन भएको पारिवारिक स्रोतले बताएकाे छ । उत्तराले दिल्लीको नेशनल स्कूल अफ ड्रामाबाट अभिनयको पाठ सिकेकी थिइन् । उत्तराले तमस, सरदारी बेगम, तक्षक, दोर, आजा नच ले जस्ता हिन्दी फिल्म, दोघी, उत्तरायण, रेस्तरां र संहिता जस्ता मराठी फिल्ममा अभिनय गरेकी थिइन् । उत्तराले उडान, अन्तराल, रिश्ते, कोरा कागज, नजराना र जस्सी जैसी कोई नही जस्ता धेरै सिरियलहरूमा समेत अभिनय गरेकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]