भारतीय सेनामाथि ग्रिनेड आक्रमण : पाँच जनाको मृत्यु

२०८० बैशाख ८ गते, शुक्रबार


काठमाडौं । भारतीय सेनामाथि जम्मु–कश्मीरको पुँछ भन्ने स्थानमा आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमणमा चरमपन्थी समूहको हात रहेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरबाट जारी विज्ञप्ति अनुसार बिहीबार दिउँसो करिब ३ बजे सेना चढेको गाडीमा चरमपन्थीहरुले हाते ग्रिनेडले आक्रमण गरेका थिए । त्यसपछि गाडीमा आगलागी भएको थियो । यो घटनामा राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । ती जवानहरु सो क्षेत्रमा चरमपन्थीहरुविरुद्ध चलाइएको अभियानमा तैनाथ थिए । आक्रमणमा एक जना गम्भीर घाइते भएको र उनको उपचार रजौरीस्थित सैनिक अस्पतालमा भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]