भारतको आन्तरिक उड्डयनमा नयाँ रेकर्ड !

२०८० बैशाख २० गते, बुधबार

काठमाडौँ । भारतको आन्तरिक उड्डयनक्षेत्रमा एकै दिन साढे चार लाख भारतीय नागरिकले हवाई यात्रा गरेपछि नयाँ रेकर्ड कायम भएको छ। गत आइतबार अर्थात ३० अप्रिलका दिनमा ४ लाख ६६ हजार ८२ यात्रुले हवाइ उडान गरेका छन्। यससँगै आन्तरिक हवाई सेवामा एकै दिन सबैभन्दा धेरै व्यक्तिले हवाई यात्रा गरेको नयाँ कीर्तिमान बनेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार २ हजार ९ सय ७८ उडानमार्फत् यो नयाँ रेकर्ड कायम हुन सकेको भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले जानकारी दिएका छन्। इन्टरनेस्नल एअर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीएं) का अनुसार कोरोना महामारीपछि आन्तरिक यात्रुको संख्या बढ्दै गएको र यसले भारतको आर्थिक सुधारलाई देखाउँदै लगेको जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]