पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

२०८० बैशाख २६ गते, मंगलवार


काठमाडौँ । मुद्दाको सुनुवाइका लागि उच्च अदालत पुगेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद पक्राउ परेका छन् । खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको हो । इस्लामावाद प्रहरीका तर्फबाट महानिरीक्षक अकबर नासिर खानले विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘ पक्राउ पर्नु सामान्य हो।’
इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) का नेता फवाद चौधरीले अदालत परिसरबाटै खान पक्राउ परेको बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]