मोखा चक्रवातका कारण ठूलो क्षति

२०८० जेष्ठ १ गते, सोमबार


काठमाडौँ । बंगालको खाडीबाट विकसित भएको चक्रवातका कारण म्यानमार र बंगलादेशमा ठूलो क्षति पुगेको छ । म्यानमारमा कम्तिमा पाँच जनाको ज्यान गएको छ भने बंगलादेशमा हजारौं घरहरु ध्वस्त भएका छन् । तीव्र गतिको आँधीका कारण बंगलादेशको सेन्ट मार्टिन आइल्याण्डका १२ हजार घर र कोक्स बजार भन्ने स्थानमा रहेको रोहिंग्या शरणार्थी शिविरमा पनि करिब त्यति नै संख्यामा घरहरु ध्वस्त भएका जनाएको छ ।
सबैभन्दा बढी प्रभावित कोक्स बजार भएको बंगलादेशका अधिकारीहरुले बताएका छन् । कोक्स बजारको शरणार्थी शिविरमा करिब १० लाख मानिसहरुको बसोबास छ । आँधी र भारी वर्षाबाट प्रभावितहरुलाई अस्थायी शिविरहरुमा राखिएको छ ।- बीबीसी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भारत र चीनबीच पुनः सिधा हवाई उडान सुरु

२०८२ कार्तिक ११ गते, सोमबार

नयाँ दिल्लीमा कृत्रिम वर्षाको तयारी

२०८२ कार्तिक ९ गते, शनिबार

गोलभेडा प्रति किलो ७०० !

२०८२ कार्तिक ५ गते, मंगलवार

विपिन जोशीको शव नेपाल ल्याइँदै

२०८२ कार्तिक ४ गते, सोमबार