रुसी कच्चा तेलको कार्गो पाकिस्तान पुग्यो

२०८० जेष्ठ २९ गते, सोमबार

काठमाडौँ । रुसबाट कच्चा तेलको कार्गो पहिलो पटक पाकिस्तान पुगेको छ । देशका प्रधानमन्त्री शाहबाज शरीफले यसलाई देशको लागि “परिवर्तनको दिन” भनेका छन् । प्रधानमन्त्री शरिफले ट्वीटरमा लेखेका छन्, ‘मैले देशसँग गरेको अर्को वाचा पूरा गरेको छु । पहिलो रूसी अनुदान प्राप्त कच्चा तेल कार्गो कराँची आइपुगेको छ र भोलि तेल निकासी सुरु हुनेछ भनेर घोषणा गर्न पाउँदा खुसी छु।’
अप्रिलमा, पाकिस्तान र रुसबीच सस्तो रुसी कच्चा तेलको लागि सम्झौता भएको थियो र पाकिस्तानले पहिलो अर्डर गर्‍यो। ४५ हजार मेट्रिक टन तेल बोकेको १८३ मिटर लामो रुसी जहाज प्योर प्वाइन्ट कराँची बन्दरगाहमा आइपुगेको छ । शहबाज शरीफले भने कि यो पाकिस्तानमा पहिलो रूसी तेल कार्गो हो, पाकिस्तान र रूस बीच नयाँ सम्बन्ध सुरु भएको छ। “म यस प्रयासको एक हिस्सा भएको र रूसी तेल आयातको वाचालाई वास्तविकतामा परिणत गर्न योगदान गर्ने सबैलाई प्रशंसा गर्दछु,” उनले भने। पाकिस्तान रिफाइनरी लिमिटेड (पीआरएल) ले युएई र साउदी आरामकोबाट आयात गरिएको कच्चा तेलसँग मिसाएर रूसी कच्चा तेललाई प्रशोधन गर्नेछ।
पाकिस्तानले आफ्नो कच्चा तेलको ७० प्रतिशत आयात गर्छ, जसलाई पीआरएल, नेशनल रिफाइनरी लिमिटेड, पाक अरब रिफाइनरी लिमिटेड र बायोको पेट्रोलियमले प्रशोधित गर्छ। रुसबाट आउने यो तेलको लागत बैंक अफ चाइनाले तिर्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु