दिल्लीमा सडक दुर्घटना : ६ जनाको मृत्यु

२०८० असार २६ गते, मंगलवार


काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित गाजियाबाद जिल्लामा स्कुल बस र कार एक आपसमा ठोक्किदाँ ६ जनाको मृत्यु भएको छ। घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। मंगलबार बिहान विजय नगर थाना क्षेत्रको दिल्ली-मेरठ एक्सप्रेसवेमा रहेको ताज राजमार्गको फ्लाईओभरमा एउटा स्कूल बस र एउटा कार ठोक्किएको थियो। दुर्घटनामा ६ जनाको मृत्यु भएको समाचार छ।

प्रतिक्रियाहरु

[anycomment]