चीनद्वारा आइफोनमाथि प्रतिबन्ध !

२०८० भाद्र २१ गते, बिहीबार

काठमाडौँ । चीनले विदेशी उपकरणमा नियन्त्रण गर्दै विदेशी प्रविधिमाथिको निर्भरता कम गर्न केन्द्रीय सरकारी निकायहरुमा आइफोनलगायतका अन्य विदेशी ब्राण्डका डिभाइसहरु प्रयोग नगर्न निर्देशन गरेको छ । योसँगै चीनका केन्द्रीय निकायहरुमा सरकारीका कामका लागि आइफोनको प्रयोग गर्न नपाइने मात्र होइन कार्यालयमा आउँदा समेत आइफोन ल्याउन पाइने छैन । वालस्ट्रिट जर्नलका अनुसार हालैका हप्ताहरुमा यस्तो आदेश दिइएको हो, यद्यपि आदेशको व्यापकताको बारेमा भने प्रष्ट भै नसकेको बताइएको छ । यद्यपि एप्पलसँगै अन्य कुन-कुन कम्पनीका फोनहरुलाई चीनका सरकारी निकायमा बन्देज लगाइएको हो भन्ने विवरणचाहिं उक्त समाचारमा उल्लेख छैन ।
चीनको पछिल्लो कदमले एप्पलका आइफोन तथा अन्य प्रडक्टहरुको महत्वपूर्ण उत्पादन हबको रुपमा रहेको चीनमा एप्पलको सफलतालाई असर पार्ने देखिएको छ ।
चीन आइफोनको सबैभन्दा ठूलोमध्येको एक बजार मात्र नभई एप्पल कम्पनीको २० प्रतिशत आम्दानी चीनमै हुने गर्दछ । चिनिया स्मार्टफोन बजारमा आइफोनको हिस्सा १६ प्रतिशत रहेको छ ।
यहीँ सेप्टेम्बर १२ मा एप्पलले आइफोन १५ सिरिज सार्वजनिक गर्ने मिति तय भएको सन्दर्भमा त्यसको केहीदिन अघि मात्रै चीनको पछिल्लो निर्णय आएको हो । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]