मोदी बाइडेनबीच भेटवार्ता
२०८० भाद्र २३ गते, शनिबार
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । जी–२० शिखर सम्मेलनका क्रममा भारतमा रहनुभएका बाइडेनसँग मोदीले गएराति भेटवार्ता गरेका हुन् ।
भारतीय सञ्चार माधयमबा अनुसार प्रधानमन्त्री मोदीले बाइडनसँगको वार्ता एकदम उपयोगी भएको प्रतिक्रिया दिएका छन । दुई देशबीच आर्थिक तथा जनसम्बन्धका बारेमा कुराकानी भएको उनले बताए ।
यस्तै, भारतलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्यता दिन अमेरिकाले समर्थन जनाएको बताइएको छ । भेटपछि जारी संयुक्त सन्देशमा अमेरिका–भारत रणनीतिक साझेदारी कायम राख्ने सहमति भएको समाचारमा उल्लेख छ ।-एजेन्सी