विमान दुर्घटना : आठ जना घाइते

२०८० भाद्र २९ गते, शुक्रबार


काठमाडौँ । भारतको मुम्बइस्थित विमानस्थलमा विमान दुर्घटना हुँदा आठ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई भागमा टुक्रिएको निजी विमानमा चालक दलका तीन सदस्यसहित आठ जना सवार थिए । दुर्घटनापछि विमानस्थलको धावनमार्ग केही समयका लागि रोकिएको थियो जसका कारण उडान आगमन र प्रस्थानमा ढिलाइ भएको थियो ।
विमानस्थलले जारी गरेको छोटो विज्ञप्तिमा भनिएको छ, ‘विशाखपटनमबाट मुम्बईका लागि उडान भरेको भीटी–डीबीएल लियरजेट ४५ विमान स्थानीय समयअनुसार साँझ ६:४७ बजे धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।’
नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले अनुमति दिएपछि रनवे सञ्चालनका लागि खुला गरिएको थियो। विमानस्थलमा भिजिबिलिटी ७०० मिटर रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]