भारतद्वारा चामल निर्यात प्रतिबन्ध खुला

काठमाडौँ । भारतले चामल निर्यातमा लगाइएको प्रतिबन्ध खुला गरेको छ । भारतको वाणिज्य विभागले सूचना जारी गर्दै विश्वका सात देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको हो । विभागले नेपालसहित सात मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको छ । यसअघि भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै बासमती चामलबाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । चामलको आयात नहुँदा बजारमा मूल्य बढेको थियो । भारतले नेपाललाई ९५ हजार मेट्रिकटन चामल निर्यातको अनुमति दिएको हो । नेपालसँगै भारतले क्यामरुन, आइभरी कोस्ट, मलेसिया, फिलिपिन्सलाई समेत चामल निर्यात गर्ने भएको छ ।