रेल दुर्घटना : ९ जनाको मृत्यु, ४० जना घाइते
२०८० कार्तिक १३ गते, सोमबार
काठमाडौँ । भारतको आन्द्र प्रदेशमा दुई वटा रेल आपसमा ठोकिएर भएको दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना घाइते भएका छन् । आन्द्र प्रदेशको विजयनगर जिल्लामा बिशाखापटनम पलासा रेल अर्को यात्रु बाहक रेलसंग ठोकिएर दुर्घटना भएको हो । रेलको लिक ट्रया्क बाहिर गई विपरित दिशाबाट आइरहेको रेल संग ठोकिएको हो । दुर्घटनाका कारण रेलको तीन वटा डब्बा क्षतिग्रस्त भएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जनाइएको छ । -एजेन्सी