इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान

२०८० कार्तिक १४ गते, मंगलवार

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायलमा मारिएका थप दुई नेपाली विद्यार्थीको शव पनि पहिचान भएको छ । सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको हो । दक्षिणी इजरायलको किबुज–अलुमिममा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । बाँकी दुईजनासमेत गरी १० जनाकै शव पहिचान भएको हो । पहिचान भएका सबै शव आवश्यक प्रक्रिया पूरा गरी यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइने दूतावासले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु