बंगलादेशमा संसदीय निर्वाचन हुँदै

२०८० मंसिर १ गते, शुक्रबार


काठमाडौँ । बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन हुने भएको छ । स्थानीय मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले टेलिभिजनमा सम्बोधन गदै आगामी जनवरीका लागि १२ औँ संसदीय निर्वाचन घोषणा गरेका हुन् । उनका अनुसार उम्मेदवारहरुले नोभेम्बर अन्तिमसम्ममा उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी फिर्ता यही डिसेम्बर भित्र लिइसक्नु पर्नेछ ।
उम्मेदवारहरूले नोभेम्बर अन्तिमदेखि चुनावी प्रचार सुरु गर्न पाउने बताइएको छ । निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै अवालले सबै राजनीतिक दललाई निर्वाचनमा जुट्न पनि आग्रह गरेका छन । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु