कोइलाखानीमा आगलागी : दुई जनाको मृत्यु, तीन जना घाइते

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानको डुकी कोइला क्षेत्रको एक निजी खानीमा आगलागी हुँदा दुईजना कामदारको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। आगलागीका कारण खानीमा काम गर्नेहरू फसेका थिए र खानी जलेर नष्ट भएको थियो। खानी निरीक्षक मकसुद अहमदले आगलागीको सूचना पाएलगत्तै उद्धार टोली घटनास्थलमा पुगेको बताए। अहमदका अनुसार उद्धार टोलीले फसेका कामदारहरूलाई उद्धार गर्न अभियान सुरु गरे पनि घटनास्थलबाट दुई खानी मजदुरको मृत्यु भएको छ भने तीनजना जलेर घाइते भएका छन्।
अहमदले मृतक खानी कामदारहरूको पहिचान अब्दुल्ला र बरखातुल्लाह भएको र उनीहरू अफगानिस्तानका नागरिक भएको बताइएको छ।अहमदका अनुसार घाइते सैद जान, रुजुद्दिन र मतिउल्लाहलाई उपचारका लागि दुकी अस्पतालमा भर्ना गरिएको छ। – एजेन्सी