चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु

काठमाडौँ । चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने कान्सु प्रान्तमा गएराति गएको शक्तिशाली भूकम्पमा परेर एकसय भन्दा बढीको मृत्यु भएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण विभागले भूकम्पको तीब्रता ५ दशमलव ९ रेक्टरस्केल भने पनि चिनियाँ अधिकारीहरुले ६ दशमलव २ रेक्टरस्केल भनेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण भवनहरु भत्किँदा कम्तीमा १११ जनाको मृत्यु भएको हो। त्यस्तै भूकम्पमा परेर दुईसय भन्दा धेरै घाइते भएका छन् । कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाए आज बिहान स्थानीय समय अनुसार २ बजे ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । रातिदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन् । -एजेन्सी