बंगलादेशमा आरक्षणविरुद्ध प्रदर्शन : ३२ जनाको मृत्यु

२०८१ श्रावण ४ गते, शुक्रबार

काठमाडौँ । बंगलादेशमा आरक्षणविरुद्धको प्रदर्शन झनझन हिंसात्मक बन्दै गएको छ । प्रदर्शनकारीले बिहीबार साँझ सरकार नियन्त्रित बंगलादेशको राष्ट्रिय टेलिभिजन बीटीभीको ढाकास्थित कार्यालयमा समेत आगजनी गरेपछि आन्दोलन थप चर्किदै गएको हो ।
कार्यालय परिसरमा रहेका गाडीहरुसमेत जलाइएको छ भने टेलिभिजन कार्यालयमा आगलागी भएपछि पत्रकार तथा कर्मचारी कार्यालय छोडेर भागेका थिए ।
बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलनका क्रममा बिहीबार ढाका टाइम्सका ३२ वर्षिय पत्रकार मेहदी हसनसहित थप १३ जनाको मृत्यु भएपछि प्रदर्शनका क्रममा अहिलेसम्म मृत्यु हुनेको संख्या ३२ पुगेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । विद्यालय र युनिभर्सिटी अनिश्चितकालीन बन्द रहेको ढाकामा हिजोबाट राजधानीमा इन्टरनेट र फोन लाइन समेत बन्द गरिएको छ । सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्धमा लडेका सेना र कर्मचारीको परिवारका सदस्यहरूका लागि सरकारी रोजगारीमा आरक्षणको व्यवस्था रहेको छ भने ३० प्रतिशत सरकारी रोजगारी आरक्षणमै जाने गरेका छन । तर यो प्रणालीले प्रधानमन्त्री शेख हसिनाका समर्थक र उनको दल अवामी लिगका कार्यकर्तालाई मात्रै फाइदा पुगेको भन्दै आन्दोलन शुरु भएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु