भारतको केरलामा भीषण पहिरो : १९ जनाको मृत्यु, एकसयभन्दा बढी घाइते

२०८१ श्रावण १५ गते, मंगलवार

काठमाडौँ । द इन्डियन एक्सप्रेसका अनुसार भारतको केरला राज्यमा भीषण पहिरोमा परी १९ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी बेपत्ता भएका छन्। पहिरोमा परेका १६ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। वायनाड जिल्लाको मेपड्डीमा राति करिब २ बजेदेखि ४ बजेसम्म पटकपटक गएको पहिरोमा परी ठूलो संख्यामा मानवीय हताहती भएको जनाइएको छ।
पहिरोपछि वायु सेनाका दुई हेलिकोप्टरसहित उद्धार र राहत टोली परिचालन भएको छ। मेपड्डीका पहाडी क्षेत्रमा केही दिनदेखि जारी भारी वर्षाका कारण पहिरो गएको समाचारहरुमा जनाइएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु