चीनमा भारी वर्षा: ३० जनाको मृत्यु, ३५ बेपत्ता

२०८१ श्रावण १८ गते, शुक्रबार

काठमाडौँ । चीनमा भारी वर्षाका कारण ३० जनाको मृत्यु भएको छ भने ३५ बेपत्ता भएका छन् । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार एक हप्ताअघि पूर्वी चीनमा अवतरण गरेको ‘टाइफुन गेमी’बाट हुनान प्रान्त प्रभावित भएको थियो । केही क्षेत्रमा २४ घण्टामा ६४५ मिलिमिटर वर्षा मापन भएपछि जिक्सिङ शहरबाट ११ हजारभन्दा बढी मानिसलाई शहरबाट अन्यत्रै सारिएको छ।
जिक्सिङ क्षेत्रका बस्तीलाई जोड्ने धेरै सडकहरू चरम मौसमका कारण अस्थायीरूपमा अवरुद्ध गरिएका थिए जसले बिजुली आपूर्ति र सञ्चार पूर्वाधारलाई पनि असर गरेको थियो।
‘टाइफुन गेमीबाट सबैभन्दा बढी प्रभावित जिक्सिङ सहरका आठ शहरमा अवरुद्ध गरिएको सडक हाल खोलिएको छ। प्रारम्भिक निष्कर्षले ३० जनाको मृत्यु र ३५ जना बेपत्ता भएको देखाएको छ’, अनुसन्धान र उद्धार प्रयास अझै जारी रहेको बताउँदै राज्य प्रसारणकर्ता सीसीटीभीले जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु