बेलायतमा रहेका नेपालीलाई सतर्क रहन अपिल

२०८१ श्रावण २३ गते, बुधबार


काठमाडौँ । बेलायतस्थित नेपाली दुताबासले बेलायतका विभिन्न शहरमा रहेका नेपालीहरुलाई सुरक्षित रहन आग्रह गरेको छ । दुताबासले बेलायतमा प्रदर्शन हिसात्मक बनेपछि नेपालीहरूलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो । यसैगरी, दुताबासले विज्ञप्ती जारी गर्दै बेलायत भ्रमण गर्न लागेका नेपालीलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न पनि आग्रह गरेको छ ।
विज्ञप्तीमा भनिएको छ -‘वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको र यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचनाहरू ध्यानपूर्वक पालना गर्न अनुरोध गरिन्छ ।’
साथै, दूतावासले विज्ञप्तीमामार्फत बेलायतस्थित नेपाली संघ संगठनलाई आफ्नो संस्था तथा समुदायमार्फत नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा जानकारी गराउन पनि आग्रह गरेको छ । आपत्कालीन अवस्था आए दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।
बेलायतको एक नृत्यशालामा भएको छुरा प्रहारमा ३ बालबालिकाको मृत्यु प्रकरणबाट चर्केको प्रदर्शनमा सबै समदायको स्वार्थ बाझिँदा स्थिति नियन्त्रण बाहिर गएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु