भारत ७८ औं स्वतन्त्रता दिवस मनाउँदै

२०८१ श्रावण ३१ गते, बिहीबार

काठमाडौँ । भारतले आफ्नो ७८ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको दिनको सम्झनामा हरेक वर्ष अगस्ट १५ तारिखका दिन भारतले आफ्नो स्वतन्त्रता दिवस मनाउदै आएको छ । ७८ औं स्वतन्त्रता दिवसका अवरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिल्लीको ऐतिहासिक लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो वर्षको स्वतन्त्रता दिवसकाक्रममा लालकिल्लामा झन्डै ६ हजार विशेष अतिथिलाई आमन्त्रण गरिएको जनाइएको छ । यसअघि स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा सम्बोधन गदै भारतको अर्थतन्त्रको प्रगतिको कामना गर्नुभएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु