बंगलादेशमा विद्यार्थी संगठनबीच झडप

२०८१ भाद्र १० गते, सोमबार


काठमाडौँ । ढाका ट्रिब्यून अखबारका अनुसार बंगलादेशको राजधानी ढाकामा गएराति विद्यार्थी संगठनबीच झडप भएको छ । झडपमा दुवै पक्षका कैयौँ विद्यार्थी घाइते भएका छन्। हालको सत्ता पक्षका विद्यार्थी संगठन र पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी निकट विद्यार्थी संगठनबीच गएराति ९ बजेदेखि राजधानी ढाकाका विभिन्न स्थानमा झडप भएको हो।
ढाका विश्वविद्यालयका विभिन्न क्षेत्रमा शुरुमा प्रदर्शन भएको र त्यसपछि झडप भएको समाचारमा जनाइएको छ। यस्तै केही अखबारले अन्तरिम सरकारमा सल्लाहकारका रूपमा भएको सहभागितामा आपत्ति जनाउँदै विद्यार्थीले प्रदर्शन गरेको उल्लेख छ।
केहीले भने हिन्दु र मुस्लिम समुदायका विद्यार्थीबीचको विवादपछि झडपको अवस्था सिर्जना भएको दाबी गरेका छन् । प्रहरीले रातभरमै स्थिति सामान्य बनाएको जनाइएको छ। -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु