दिल्ली संसारकै सबैभन्दा बढी वायु प्रदूषित सहर

काठमाडौँ । भारतको राजधानी दिल्ली संसारमै सबैभन्दा बढी वायु प्रदूषित सहर भएको छ । आज स्विस फर्म आईक्यूएयरको सूचीमा दिल्ली एक नम्बरमा परेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार विश्वका १२१ सबैभन्दा प्रदूषित देशको सूचीमा दिल्लीसहित भारतका तीन सहर परेका छन् । अन्य दुईमा कोलकाता र मुम्बई हुन् ।
यता , आज नेपालको काठमाडौँ भने सबैभन्दा बढी वायु प्रदूषित सहरको आठौँ नम्बरमा परेको छ ।