रुसद्वारा ३४ नेपाली विद्यार्थीलाई देश निकाला

काठमाडौँ । रुसी अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम इजाजत बिना काम गर्ने ३४ जना नेपाली विद्यार्थीलाई देश निकाला गर्न आदेश दिएको छ।
अदालतले विद्यार्थी भिसामा रुस पुगेका ती विद्यार्थीहरुले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरेको भन्दै देश निकाला गर्ने फैसला सुनाइएको हो। उनीहरुलाई गत कार्तिक १४ गते रुसी अध्यागमनका अधिकारीहरुले मस्कोको कुजमिन्कीस्थित जुवा खेलाउने कम्पनी वान एक्स वेटबाट पक्राउ गरेको हो। त्यहाँ उनीहरु कल सेन्टरमा काम गर्थे। जसमा १२ जना महिला विद्यार्थी रहेका छन्। ती विद्यार्थीहरुलाई नेपाल पठाउन डिपोर्टेशन सेन्टरमा राखिएको छ।