भारतको तेलङ्गनामा सात माओवादी मारिए

२०८१ मंसिर १६ गते, आईतवार


काठमाडौँ । भारतको तेलङ्गना राज्यमा सुरक्षाबलसंग मुठभेड हुँदा सातजना माओवादी मारिएका छन् । उक्त मुठभेडमा पुलिसले घटनास्थलबाट एक-४७ र इन्सास राइफल बरामद गरेको बताइएको छ ।
पुलिसका अनुसार एतुरनगरमको वन क्षेत्रमा सर्च अप्रेशनका क्रममा तेलङ्गाना पुलिसको विशिष्ट नक्सल प्रतिरोधी बल ‘ग्रेहाउन्ड्स’ र माओवादीबीच भिडन्त भएको हो । पुलिसका एक वरिष्ठ अधिकारीका अनुसार मुठभेडस्थलबाट दुईवटा एके ४७ राइफल पनि बरामद भएका छन् । अधिकारीकाअनुसार मारिनेहरूमा प्रतिबन्धित भाकपा (माओवादी) को तेलङ्गाना राज्य समिति (येलन्डु नरसामपेट) का सचिव कुरसाम मङ्गू उर्फ ​​भद्रू पनि सामेल छन् ।

प्रतिक्रियाहरु

[anycomment]